बिछोडको पिडामा आधारित “बन्धन” नामक गित बजारमा

कार्तिक ०६ गुल्मी ।नेपालीहरुको महान् पर्व वडा दशैको बिदाई संगै नेपाली गित संगितको बजारमा थुप्रै लोक तथा दोहोरीका गितहरु सार्वाजानिक भएका छन् । बजारमा आएका लोक तथा दोहोरीका गितले नेपाली दर्शक तथा स्रोताको मन मुटुमा बस्दै संगितको बजार तताईरहेका छन् । पछिल्लो समय बजारमा सार्वाजानिक गितलाई दर्शक तथा स्रोताले माया कलाकारलाई गित बजारमा ल्याउन अझ प्रेरणा मिलेको छ ।

गित संगितको बजारमा भित्रिएका माया पिरतीका गितले अझ दर्शक र स्रोतालाई सुनमा सुगन्ध थपिएको छ । दर्शक र स्रोताको मन मुटुमै केन्द्रित भई दिन प्रतिदिन गित बजारमा आईरहेका छन् । त्यस्तै संगितको बजारमा गुल्मेली शब्द सर्जक तथा संचारकर्मी बासुदेब पोखरेलको शब्द सिर्जनामा नयाँ लोक तथा दोहोरी गित “बन्धन” बजारमा सार्वाजानिक भएको छ । “बन्धन” नामक लोक गितमा गायक बिष्णु बराल र गायिका बिमला बिसीको आबाजमा रहेको गितमा लय सिर्जना बसन्ता लम्सालको रहेको छ ।

उक्त बजारमा सार्वाजानिक गितलाई दर्शक तथा स्रोताले माया दिईरहेका छन् । उक्त गित बिछोडको पिडामा आधारित रहेर संगितको बजारमा ल्याएको शब्द सर्जक बासुदेब पोखरेलले जानाकारी दिए ।सर्जक पोखरेलका अनुशार गितको भिडियो निकै मेहेनतका साथ काठमाडौंका बिभिन्न स्थानमा छायांकन गरी बनाइएको हुदाँ उत्कृष्ट भएको उनले बताए ।गितको भिडियोको छायांकन सुरेश श्रेष्ठले गरेका छन् भने सम्पादन शिब पौड्यालले गरेका छन् ।

निसान बानियाँको निर्देशनमा रहेको म्युजिक भिडियोमा चर्चित मोडल सारिका केसी, जीवन गुरुङ्ग,बिष्णु बराल र निर्मल जि एमले अभिनय गरेका छन् । गितलाई पानस डिजिटल प्रा.लिले संगितको बजारमा पठाएको छ ।छड्के न्युज डटकम  https://chhadkenews.com/10281

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै