वर्षाले अर्घाखाँची सदरमुकाम डुवानमा,जनजीवन अस्तव्यस्त

दिपेन्द्र खत्री,अर्घाखाँची । लगातारको वर्षाले अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क, चुत्राबेसी डुवानमा परेको छ।केही दिन देखि परेको बर्षाका कारण आज रातभरीको वर्षाले  बाँगी खोलाकाे  वहाव बढेको र निकास साँघुरो हुँदा चुत्राबेसी क्षेत्र जलमग्न भएको हो। अहिले भक्तिखोला, घोचे खोला, मसाल बजार, पम्प लाइन, हाइस काउन्ट लगायत सम्पूर्ण क्षेत्र डुवानमा परेकाे पत्रकार हलिम खानले जानकारी दिए ।

मध्यरातमा चुत्राबेसी बजारभित्रका सबै गल्ली पनि जलमग्न भएका छन् । बाँगी खोला किनाराका बासिन्दालाई स्थानतरण गरिएकाे छ ।अधिक वर्षा भएपछि बाँगी खोला किनाराका सम्पूर्ण क्षेत्र जोखिममा परेका छन् । अहिलेसम्म कुनै क्षेतिको विवरण आएको छैन् । भक्तिखोला, घोचे खोला, मसाल बजार, पम्प लाइन, हाइस काउन्टर लगायतका क्षेत्रमा डोजर लगाएर निकास खोल्ने काम भईरहेको छ ।

बाँगी खोला अतिक्रमणका कारण निकास साँघुरो हुँदा डुबान भएको हो । अर्घाखाँचीको ईतिहासमा यस अगाडि यि क्षेत्रमा अधिक वर्षाका कारण डुवान भने भएको थिएनन् ।तर हिउँद लाग्दै गर्दा भएकाे बर्षाले पूरा बजार हिलाम्मे भएकाे छ,भने दुई वटा पुल सम्म बगाएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै