अर्घाखाँचीमा शरीरमा मट्टितेल खन्याएर आत्मदाहको प्रयास

प्रेमनारायण आचार्य,सन्धिखर्क। अर्घाखाँचीको सन्धिखर्क २ चुत्राबेसीमा एक महिलाले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी छन् । सन्धिखर्क २, चुत्राबेसी संखेटारी निवासी ४३ वर्षीय नुमकला विकले आफैले शरीरमा मट्टितेल छर्किएर जल्ने प्रयास गरको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाले बताए ।

उनको अहिले जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको छ । घटना बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रनाउ थापाले बताएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै