Advertisement
विज्ञापन

नौ जनाद्वारा तीन बालिका सामूहिक बलात्कृत



Advertisement
विज्ञापन

सिन्धुलीमाढी । सिन्धुलीको कमालामाई नगरपालिका–५ बोझे निवासी तीन जना बालिकालाई नौ जना केटाले सामूहिक बलात्कार गरेका छन् ।शनिबार राति ती केटाले ती बालिकालाई बोलाएर सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएकाे छ। कार्यालयका प्रहरी निरीक्षक रामभक्त भट्टराईका अनुसार सामूहिक बलात्कार गर्ने केटामध्ये तीन जनालाई पक्राउ गरिएको छ । बाँकी छ जना फरार रहेका छन् ।

बलात्कृत हुने बालिकाहरु १५, १६ र १७ वर्षका रहेको बताइएको छ । बलात्कार भएका बालिकाका अभिभावकले किटानी जाहेरी दिई ती केटालाई कारबाहीको माग गर्दै दिएको उजुरीका आधारमा २२ वर्षीय हिमा लामा, २४ वर्षीय गणेश मगर र २२ वर्षीय बिवेक मगरलाई पक्राउ गरिएको प्रहरी निरीक्षक भट्टराईले बताए । उनले फरार व्यक्तिको खोजतलास भइरहेको जानकारी दिए। उनले भने, ‘दशैँका कारण अदालत बन्द भएकाले बलात्कार गर्ने केटालाई कारबाही गर्न अहिले पक्राउ पूर्जी जारी भएकाे छ।


Advertisement
Advertisement
Advertisement

कार्यालयका अनुसार बलात्कार गर्ने एक जना केटा र बलात्कृत हुने एक जना बालिकाको पहिलेदेखि नै चिनजान रहेको र केटाहरुले बोलाएर जाँदा ती बालिकाहरु फसेको बताइएको छ । घटनाको अनुसन्धान गर्न बाँकी रहेकाले पूर्ण विवरण आउन बाँकी नै छ । बलात्कार हुने बालिकाको मेडिकल जाँचका क्रममा पनि बलात्कार भएको जनाइएको छ ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad