
पोखरा ।पोखरामा भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पोखरा लेखनाथ बुढीबजार नजिक शनिबार बेलुका ४ बजेको समयमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुर्य बहादुर क्षेत्रीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कास्कीको मादी गाउँपालिका वडा नं ५ मिजुरे डाँडाका ४७ वर्षिय क्षेत्री हुन् । पछाडी सवार सन्दिप केसी घाइते भएका छन् । ग १ च ६८७८ को पिकअप भ्यानले ग १२ प ४०३२ नं। को मोटरसाइकललाई ठक्कर दिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।