अंमरसिंह मा वि को भुतपुर्व बिधार्थी समाजको भेला सम्पन्न

दीपेन्द्र सुनार प्युठान
अंमरसिंह माध्यमिक बिधालय झिमरुक गाउँपालिका वडा न १ प्युठानमा अंमरसिंह भुतपुर्व बिधार्थी समाजको भेला सम्पन्न भएको छ। शनिबार एक औपचारिक कार्यक्रमको आयोजनागरि काठमाडौंमा पूर्वबिधार्थी शंकर जि सीकाे संयोजकमा गठन गरिएको समिति लाई खारेज गरीएकाे छ । उक्त कार्यक्रममा अंमरसिह भुतपुर्व समाजको पूर्व सह- संयोजक सागर थापाको अध्यक्षता,विद्यालय ब्याबस्थापन समितिका अध्यक्ष धुर्ब्रराज खनालको प्रमुख आतिथ्यता रहेको थियो ।

उक्त भेलामा बिधालयका निमित्त प्रधानाध्यापक दान बहादुर जि सि,विद्यालय ब्यबस्थापन समितीका सदस्य निम ब सुनार,शिक्षक हरि रायमाझी,सुर्य जि एम,बिकाश जि सि लगायत भुतपुर्ब विद्यार्थीहरुको उपस्थित रहेको कार्यक्रमको सन्चालन भुतपुर्ब बिद्यार्थी कपिल जि सि ले गर्नुभएको थियो । उक्त भेलाले १५ सदस्यीय नयाँ कार्यसमिति समेत चएन गरिएको छ । पूर्वबिधार्थी मेख ब नेपालीकाे अध्यक्षमा नयाँ कार्यसमिति चएन गरिएको छ । अन्य सदस्यहरु बिजय बिक्रम जि सि,सुर्य जि एम,बल बहादुर पुन मगर,मनोज थापा,बुद्धि राम खनाल,चन्द्र जि सि,चोप बहादुर बि क,दिपेन्द्र सुनार,अशोक नेपाली,अर्जुन थापामगर,कपिल जि सि र मोहन कुमार क्षेत्री रहने गरि कार्यसमिति गठन गरेको छ।

उक्त कार्यसमितिले पहिलो बैठकमा सचिवालय गठन र सल्लाहकार समिति समेत गठन गर्ने छ ।
भेलाले अंमरसिंह माध्यमिक विद्यालयबाट उतिर्ण गरि बाहिरिएका सम्पुर्ण देश तथा बिदेशमा रहेर कर्मथलो बनाउदै आएका बिद्यार्थीहरुलाइ आबद्ध गराइ विद्यालयसंग सहकार्यगरि अगाडि बढ्न समिती गठन गरिएको पुर्ब बिद्यार्थी बिकाश जि सिले बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै