Advertisement
विज्ञापन

बागीँको नवदुर्गा मन्दिर उद्घाटन



Advertisement
विज्ञापन

रबि पोख्रेल ,२९ असोज, अर्घाखाँची 

प्रदेश ५ काे पहाडी जिल्ला अर्घाखाँची काे मालारानी गाँउपालिका वडा नः५ र ६ काे संगम स्थल बागीँमा नवदुर्गा मन्दिर निर्माण भएको छ । स्थानीयको चन्दासंकलन र सहयाेग बाट निर्माण भएको मन्दिरको हिज अर्थात् बिहीबार काे दिन एक समारोहबिच उदघाटन गरिएको हाे।सो क्षेत्रमा आकर्षक मन्दिरको रुपमा निर्माण गरिएको नवदुर्गा मन्दिरको हिजो असोज २८ गते नवमीको अवसर पारी उद्घाटन गरिएको हाे ।


Advertisement
Advertisement
Advertisement

धर्मसंकृतिको संरक्षणसंगै अन्य धर्मावलम्बीको धर्मस्कृतिलाई सम्मान गर्नुपर्ने र धर्मसंकृतिकाे संरक्षण गर्ने गरि मन्दिर निर्माण भएकाे स्थानीय बताउँछन् ।उद्घाटन समारोहमा सहयोग दाताहरुलाई सम्मान कार्यक्रम समेत गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

नवदुर्गा मन्दिर उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्य, विशिष्ट अतिथि मालारानी गाउँ पालिका उपाध्यक्ष प्रमिला क्षेत्री, अतिथिहरु मालारानी गाउँ पालिका वार्ड नं. ५ का वार्ड अध्यक्ष शोभाखर भुसाल, शान्ति मा. विका प्रधानध्यापक मान बहादुर पाण्डे, तिलक मिश्र, नेपाल पत्रकार महासंघ जिल्ला सदस्य बाबुराम रसाइली, समाजसेवीहरु तथा स्थानीयको उपस्थिति रहेको थियोे ।

उक्त कार्यक्रम मन्दिर व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र विश्वकर्माको अध्यक्षतामा र प्रेम विकको सञ्चालनमा सम्पन्न भएको थियो ।कोरोना महामारीको संक्रमण कायमै रहेकाले सबैले सरसफाई, मास्क, सेनिटाइजरको प्रयोग र समाजिक दुरी मेन्टन गरि उद्घाटन कार्यक्रम सम्पन्न भएकाे थियाे।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad