बल्कोट सेवा समाज युएई द्वारा छत्रमहाराज मन्दिर लाई सहयोग हस्तान्तरण

सुजन न्याैपाने असोज २८,अर्घाखाँची 
बल्कोट सेवा समाज युएई द्वारा छत्रमहाराज मन्दिर छत्रदेब तीन ठुलारुख मा सराय नाच मा प्रयोग हुने खतिन आज एक कार्यक्रमका विच हस्तान्तरण कार्यक्रम सम्पन्न भएकाे छ।प्रदेश मा रहेता पनि कला सस्कृती लाई बचाउ ने उदेश्य ले बडा दशै को अबसर पारी एक औपचारी कार्यक्रम का बिच खुडा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हाे ।छत्रदेब गाँउपालिका वडा न दुई र तिन भित्र भएका चार मन्दिर हरु मध्य आज छत्रमहाराज मन्दिर ठुलारुख बाट कार्यक्रम सुरु गरिएको बल्कोट सेवा समाज युएई का अध्यक्ष दिनामणी पाण्डे ले जानकारी दिए ।

छत्रदेब गाँउपालिका वडा न दुई का अध्यक्ष राजेश खनाल ले सस्थाले यहाँ भन्दा पहिला पनि धेरै राम्रा काम गरेको र यो काम पनि उत्कृष्ट तरिका ले गरेको मा सस्था लाई धन्यवाद सहित प्रशंसा गरे । छत्रदेव गाउँपालिका तिनका वडा अध्यक्ष तेज प्रसाद खनाल ले पनि खाडी मुलुक मा भएता पनि हरेक समय यो सस्था ले समाज को हित मा काम गरेको बताउदैँ सस्था का काम अन्य सस्था को लागि पनि प्रेरणा भएको बताउदै थप सहयोग काे लागि पनि आशा रहेकाे बताए ।

उक्त कार्यक्रममा मन्दिर ब्याबस्थापन समिति समाज का अग्रज व्यक्तित्वहरु को उपस्थी रहेको थियो भने सस्था बाट सस्था का अध्यक्ष दिनामणी पाण्डे, उपाध्यक्ष इन्दिरा पराजुली काेषाध्यक्ष मधु राना, सदस्य राजन पाण्डे , धिरन सुनार ,भानु खनाल को उपस्थिती रहेकाे थियाे।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै