डिआईजी मगरका यी घुमुवाद्वयको लाईन मोहले दुई नम्वरमा प्रदेश गन्हायो ; प्रदेशभरी तस्करी शुरु

प्रदेश २ असोज २३ गते
सशस्त्र प्रहरी बल २ नम्बर प्रदेश प्रमुख गणेश ठाडा मगरले विवादितद्वय हवल्दार बशिष्ट पटेल र सुर्दाशन बैठालाई घुमुवा परिचालन गरी घुमुवाहरु मार्फत तस्करी को लाईन संचालन गर्न छुट दिएका समाचार प्राप्त भएको छ।

सशस्त्र प्रहरी बल २ नम्बर प्रदेशका डिअाईजि मगरले घुमुवा पटेल र बैठाको सहयोगले दुई नम्बर प्रदेश भरि नै व्यापक रुपमा तस्करी शुरु भएको समाचार प्राप्त भएको छ।

सशस्त्र प्रहरी बल प्रदेश नम्वर 2 का डिआईजी ठाडा मगरले दुई नम्बर प्रदेशका यी जिल्लाहरु सप्तरी , मोहोतरी ,पर्सा, बारा रौटहट , जनकपुर , सिरहा र सर्लाही लगाएतका जिल्लाहरु घुमुवा परिचालन गरि मोटो रकमको नजराना बुझि व्यापक रुपमा तस्करीको लाईन सुचारु गराएको नाम नछाप्रने सर्तामा एक व्यापारीले जनाएको छ।

केहिदिन पहिलला पर्सा जिल्लाको १३ नम्बर गण हेडक्वाटरमा कार्यरत हुदा पर्सा जिल्लाका नामुदत्त तस्करहरु संग पर्सा जिल्लाको तत्कालीन सशस्त्र प्रहरी प्रमुख एव प्रहरी उपरीक्षकको नाऊमा लाखौं रुपैया असुली गरेको समाचार विभिन्न मेडियामा अाएपछि एसपी कुवरले कार्यवाही गरि पर्सा जिल्लावाट बाहिर पैठाएको हामिसबैलाई अवगत नैछ ।

सशस्त्र प्रहरी बलका प्रमुख आईजिपी शैलेन्द्र खनाललाई भेटी चढाएर प्रदेश दुईमा डिआईजीको पदमा बसेका डिआईजी मगरले प्रदेश नम्वर २ को आठै जिल्लाको जिम्मा पटेल र बैठालाई दिई घुमुवा परिचालन गरी घुमुवा मार्फत तस्कर संग रकम बुझने गरेको सशस्त्र प्रहरी बल का एक अधिकृत बताउछन ।

डिआईजी मगरले प्रदेश नम्बर २मा सप्तरी, महोतरी, सिरहा, जनकपुरको मटिहानी ,जहटी मटियानी ,सर्लाहीको मलंगवा, रौतहटको गौर ,बंकुल ,बाराको मटिअार्वा , सिमरौनगढ, गोलागंज ,क्वोहिगोठ, पर्सा लगाएतको जिल्लाहरुबाट ब्यापक रुपमा प्रदेश नम्वर दुईका सशस्त्रका डिआईजी ठाडा मगरको आशिर्वाद मा यी दुई घुमुवाहरु पर्साको वीरगंजमा तस्करहरु संग भोज भतेर गराउने र सो तस्करहरुको मोटरसाइकलमा बसि तस्करहरु संग साठगाठ गरि ठुलो मात्रामा लाईन संचालन गराएको एक तस्कर स्वयम नाम नराख्ने सर्तमा बताएको छ।

डिअाईजी मगरले सशस्त्र प्रहरी हेडक्वाटरको निर्देशन विपरीत परिचालन गरेका यी हवल्दार द्वय बशिष्ट पटेल र सुर्दाशन बैठाले एनीहाउ पैसा कमाउ धन्दा मा मरी हत्ते गरी रहेकाछन । यी दुबै घुमुवाहरु पटकपटक दुई नम्बर प्रदेशका घुमुवा बसि विवादित हुँदै अाएका छन्।यिनीहरु दुई नम्बर प्रदेश भरि मोटो रकमको नजराना बुझि तस्करीको लाईन खुल्म खुल्ला रुपले शुरु गराएका छन्।

यस्ता गतिविधि तर्फ समबन्धित निकायको समयमै ध्यान जान यती अावशयक देखिएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै