राइजिंग लाइफ फाउंडेशन द्वारा स्वास्थ्य सामग्री र खानाको ब्यवस्था

प्रिन्स मिश्रा बहादुरगंज कपिलवस्तु ‌।

सेवा नै धर्म हो भन्ने मूल नाराका साथ कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखाला संक्रमणको विषम परिस्थितिमा खाना , पानी , मास्क, फल लगायत अतिआवश्यक सामग्री बितरण गरिएको छ ।

झाडापखाला संक्रमणको विषम परिस्थितिमा शिवराज अस्पताल बहादुरगंजमा खाना , पानी लगायत अतिआवश्यक सामग्री कमी हुन नदिन उपचाररत बिरामीहरुको लागि स्थानीय राइजिंग लाइफ फाउंडेशन नामक संस्थाले सक्दो सहयोग पुर्याउदै आएको संस्थाका संयोजक प्रतिक शुक्लाले जानकारी दिनुभएको छ ।

आइतबार देखि झाडापखाला संक्रमणको विषम परिस्थिति फैलिए देखी हामी बिरामीहरुको सेवा गरीरहेका छौं र गरी रहने छौं संस्थाका अध्यक्ष राज तिवारी र कोषाध्यक्ष नवाज़ शाहले बताएका छन ।

संस्थाले , मास्क , खाना ,जीवन जल, पानी लगायतका सामाग्री बिरामीहरुलाई बितरण भईरहेको संस्थाका सचिव देबेश शुक्ल र सोही संस्थाका सल्लाहकार तथा सेंट ज्युडस एकेडमीका प्रधनाध्यपक तफ़्सीर अहमदले जानकारी दिनुभएको छ ।

आइतबारदेखि फैलिएको महामारीबाट दुई जनाको मृत्यु भएको छ , भने करिब ६० भन्दा बढी बिरामी शिवराज अस्पतालमा उपचाररत रहेको शिवराज अस्पतालका निमेसु डॉ मुकेश चौधरीले जानकारी दिनु भएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार