Advertisement
विज्ञापन

बाग्लुङको पश्चिम निसीखोलामा दशै मेला हुने



Advertisement
विज्ञापन

गिरीजा कुँवर,असोज २०,बागलुङ।
बागलुङ जिल्लाको पश्चिम निसीखोला गाउँ पालिका ७ राजकुतको पर्यटकीय क्षेत्र नर्सिङकोटमा दशै विशेष तथा नर्सिङकोट महोत्सव आयोजना हुने भएको छ।आउदो असोज २३ गते देखि २८ गते सम्म कार्यक्रम सञ्चालन गरिने महोत्सव मुल आयोजक समितिले जानकारी दिएको छ।गत वर्ष कोरोना भाइरसको कारण यहाँ मेला आयोजना नभएको र यस वर्ष भने कोरोना भाइरस कम भएको अवस्थालाई मध्यनजर गर्दै मेला आयोजना गरिएको आयोजकले जनाएको छ।

महोत्सवको अवसर मा पुरुष महिला भलिबल,गुप नृत्य लगायत दर्जनौ कार्यक्रम आयोजना गरिएको छ।महोत्सवको २८ गते अर्थात् फुलपाती को दिन निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल को प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिने साथै उक्त दिन समाजसेवी लगायतलाई पनि सम्मान गर्ने कार्यक्रम तय गरिएको छ।


Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement