Advertisement
विज्ञापन

जनगणनाको पहिलो चरणको सूचीकरणको काम आज सकिँदै, मूल गणनामा लिपुलेक पनि समेटिने



Advertisement
विज्ञापन

राष्ट्रिय जनगणना अन्तर्गत पहिलो चरणको घर तथा घरपरिवार सूचीकरणको काम आज सकिँदै छ ।जनगणना अन्तर्गत पहिलो चरणको घर तथा परिवारको सूचीकरणको काम गएको भदौ ३० गतेदेखि सुरु भएको थियो । पहिलो चरणको घर तथा परिवारको सूचीकरणको काम भने ९० प्रतिशत मात्रै सकिने भएको छ। बाँकी रहेको काम दुईरचार दिनमा सकिने केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबैजसो जिल्लामा सूचीकरणको काम आंशिक रुपमा बाँकी छ । अहिलेसम्म घरपरिवारको सूचीकरण ५० लाखको सङ्ख्यामा मात्र आएको छ । गाउँ(गाउँमा खटिएका गणकले सङ्कलित सूचना पठाउन बाँकी नै रहेकाले सबै विवरण केन्द्रमा आइसकेको छैन ।ग्रामीण क्षेत्रमा यातायातको असुविधासँगै इन्टरनेट तथा सञ्चार सेवाको समस्या हुँदा र कतिपय गणकहरु बिरामी भएकाले पनि सङ्कलित विवरण आउन ढिलाइ भएको हो । अहिले देशभर ७० लाख घरपरिवार भएको अनुमान गरिएको छ । यस्तै, पहिलो चरणको घर परिवार सूचीकरणमा नेपालको नयाँ चुच्चे नक्सामा परेका महाकाली पारिको लिपुलेक र कालापानी क्षेत्र छुटेको छ ।


Advertisement
Advertisement
Advertisement

सुपरिवेक्षण पठाउनै आनाकानी गर्दा महाकाली पारिको कालापानी, लिपुलेक क्षेत्रमा घरपरिवार सूचीकरण हुन नसकेको हो । भारतको बाटो भएर जानुपर्ने तर सरकारले त्यो बाटो प्रयोग गर्न नभनेकाले सुपरिवेक्षक नै पठाउन नसकिएको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताउनुभयो ।उहाँका अनुसार मूल गणनामा भने जसरी पनि लिपुलेक र कालापानी क्षेत्रलाई समेट्ने तयारी छ । मूल गणनामा भौतिक रुपमा उपस्थिति हुन नसके पनि अरु विभिन्न उपाय अपनाएर गणना गरिने उहाँले बताउनुभयो। यो क्षेत्रमा २०१८ सालपछि जनगणना हुन सकेको छैन ।मूल गणनाका लागि लागि कुटनीतिक पहल समेत भइरहेको छ । निर्धारित कार्यतालिकाअनुसार मूल जनगणना आउँदो कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुनेछ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad