फेरि आयो कुशल बेल्बासेको आवाजमा सबैलाई रुवाउने मार्मिक गीत

अभिनव चौहान।
असोज १६, अर्घाखाँची ।
अर्घाखाँची जिल्लामा जन्मिएर काठमाडौंंमा एक दशक भन्दा बढी नेपाली गीत संगीतमा संघर्ष गर्दै आएको नाम हो कुशल बेल्बासे । उनको आवाजमा सजिएको रातो घलेकीमा,हातैका पौजाले र शनिसार जस्ता चर्चित गीतहरु नसुन्ने नेपाली सायदै कमै छन् । रातो घलेकीमा, माली गाइले बाछी चाटेको , हातैका पौजाले , शनिसार लगायतका थुप्रै गीतहरुमा उनले आवाज भरिसकेका छन् ।

भर्खरै मात्रै उनको लय सिर्जना तथा स्वरमा उतै जान पर्छ बोलको गीत सार्वजनिक भएको छ।जसमा नारायण कंडेलको शब्द सिर्जना त्यसैगरी नवराज उप्रेतीको छायांकन र मिलन विश्वकर्माको सम्पादनमा विनोद भण्डारी र जुना गुरुङको अभिनय रहेको यस गीतमा निर्देशन भने भण्डारी आफैले गरेका हुन् ।

पूरा भिडियो हेर्नको लागि तल दिएको लिन्क ओपन गर्नुहोला ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै