धुर्कोटमा बहिनी समुहलाई बाख्रा उपहार
नालिबेली न्युज गुल्मी – धुर्कोट गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग र सिर्जनशिल सामुदायिक विकास केन्द्र गुल्मि द्वारा संचालित सामुदायिक विकासका लागि बाख्रा उद्यम परियोजना अन्तरगत धुर्कोट गाउँपालिका वडा नं २ पिपलधारामा गठित ४ वटा मुल समुहका २० जना सदस्यले प्रगतिशिल महिला उद्यम समुहका २० जना सदस्यलाई एक एक वटाका दरले २० वटा बीउ बाख्रा एक कार्यक्रमका विच उपहार प्रदान कार्य सम्पन्न भयो।
उपहार प्रदान कार्यक्रममा बोल्नुहुदै प्रमुख उतिथि धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले हामिले यो कार्यक्रम मार्फत धुर्कोट गाउँपालिकाको ४ वटा वडा हरु मार्फत २ हजार परिवार सम्म पुगेको र सोहि अनुसार कार्यक्रम अगाडि बढेको बताउनु भयो। उहाँले भन्नुभयो सरकारले यो कार्यक्रम मार्फत समूह सदस्यलाई बाख्रा खोर घाँस तालिम उपलब्ध गराएको छ त्यसलाई सहि सदुपयोग गरेर तपाईले आम्दानि गर्नुहोस त्यसको लागि हामी तपाईको साथमा छौ भन्नुभयो। उहाँले थप्नुभयो। हामिले यो कार्यक्रम सुरुगरेपछि समुदायमा आएको परिवर्तन पछि हामी हरु खुशि छौ अब समुहलाई सहकारीमा परिणत गरि सहकारीलाई बलियो वनाउने हो।र हरेक उत्पादनलाई सहकारी मार्फत बिक्री गरि आयआर्जनमा वृद्धि गर्न सबैलाई जोड दिनुभयो।
पिपलधारामा यश कार्यक्रम मार्फत २० वटा समूह मा ४५८ जना सदस्य लाई समाबेस गरि ११३ वटा बाख्रा ११२ वटा खोर १९ वटा बीउ बोका विभिन्न प्रकारको घाँस तरकारीको बीउ जुकाको औषधि विभिन्न तालिम र समुहमा आएको परिवर्तन सहितको प्रगति प्रतिबेदन पिपलधारा कृषि तथा पशु विकास महिला सहकारि कि सचिव कमला खड्काले प्रस्तुत गर्नु भएको थियो।
छिमेकि महिला उद्यम समूह सदस्य निर्मला थापाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा पिपलधारा समूह संजाल अध्यक्ष बिन्दु खड्काको अध्यक्षता धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलको प्रमुख आतिथ्यता वडा अध्यक्ष नवीन जि सी कार्यपालिका सदस्य कमला घर्ती माओवादि केन्द्रका नेता निम बहादुर पाण्डे वडा सचिव सुर्य प्रसाद खनाल परियोजना संयोजक शंकर नेपाली पशु प्राविधिक भरत खड्का प्राविधिक संयोजक नारायण जि सी वडा पशु प्राविधिक लक्ष्मण घिमिरे समाज सेवि कृष्ण खनाल सामुदायिक सहजकर्ता माया थापा पिपलधारा कृषि तथा पशु महिला सहकारि सस्था लि अध्यक्ष कमला जि सी सम्पुर्ण समुहका अध्यक्ष र समुहका सदस्य सहितको उपस्थिति रहेको कार्यक्रमको संचालन अगार महिला उद्यम समूह सचिब कमला खड्काको संचालनमा सम्पन्न भएको परियोजनाका प्राविधिक संयोजक नारायण जि सी ले जानकारी दिनु भयो।