मालारानी गाउँपालिका वडा नम्बर २:कांग्रेस सभापतिमा कुवंर

दिपेन्द्र खत्री,डाडाँकटेरी।
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर २ डाडाँकटेरीमा नेपाली कांग्रेसको १४ औं वार्ड अधिवेशन सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस मालारानी गाउँपालिका वडा नम्वर २ डाडाँकटेरीको वार्ड अधिवेशन सर्व सम्मत सम्पन्न भएको हो । अधिवेशनले सर्व सम्मत कार्य समिती चयन गरेको छ ।

सभापतिमा प्रभात कुवंर निर्वाचित हुनु भएको छ । यस्तै उपसभापतिमा श्याम जि,सी ,थानिश्वर चयन भएका छन् । सचिवमा मधु भुसाल,प्रदिप गाैतम ,र काेषाध्यक्ष सिता भुसाल,निर्वाचित भएका हुन्।

वडा कार्यसमिति १५ जना, क्षेत्रीय प्रतिनिधि १५ जना सर्व सम्मत चयन गरेको महाधिवेशन प्रतिनिधि शिवहरी खनालले जानकारी दिए । निर्वाचन सौहाद्रपुर्ण वातावरणमा सम्पन्न भएको उनले बताए ।
यसैबिच निर्वाचित वार्ड सभापति प्रभात कुवंरले वडा भित्रको काङ्ग्रेसलाई एकढिक्का बनाएर लैजाने बताए । कुवंर मालारानी गाउँपालीका वडा नम्बर-२ मा क्रियाशील सभापतिकाे रुपमा काम गर्दै आएका थिए ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै