Advertisement
विज्ञापन

अभिनव चौहानको शब्द तथा स्वरमा “माइती घरको आँगनी” सार्वजनिक



Advertisement
विज्ञापन

दीपेन्द्र खत्री 
भाद्र २०, गुल्मी ।
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा जन्मिएका अभिनव चौहान नेपाली गीत संगीतको लागि एउटा उदाउँदो नक्षेत्र हुन्।उनले नेपाली गीत संगीतको लागि रातदिन मेहनत गरिरहेका छन्।गीतहरु सिर्जना, गीतहरुमा आवाज भर्ने, निर्देशन र अभिनय उनको रुचिको विषय र उनको निरन्तर रुपमा गर्दै आएको पेसा हो।

भर्खरै मात्र उनको शब्द सिर्जना तथा स्वरमा माइती घरको आँगनी बोलको तीज गीत सार्वजनिक भएको छ।उक्त गीतमा अभिनव चौहानको शब्द सिर्जना तेजेन्द्र दुराको लय सिर्जनामा सीता नागरी, धर्मेन्द्र धामी र अभिनव चौहानले आवाज दिएका छ।मंगलम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको एरेन्ज र मिक्सिङ्ग कृष्ण लामिछानेले गरेका हुन्।


Advertisement
Advertisement

त्यसैगरी भिडियो तर्फ विक्रम परियारको निर्देशन तथा कोरियोग्राफी ,योगेश शाक्य र दीपक श्रेष्ठको छायांकनमा दीपक श्रेष्ठले नै सम्पादन गरेका छन्। साहिर र सन्ध्या लगायत धेरै कलाकारहरुको डान्स तथा अभिनय हेर्न सक्नुहुनेछ।

गीत राजेश भन्डारीको आधिकारिक युटुब च्यानलबाट सार्वजनिक भएको हो।युटुबमा राजेश भण्डारी सर्च गरेर हेर्न सकिनेछ।हेर्नुहाेस पूरा भिडियो https://youtu.be/O-6jbupiO48

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement