गठबन्धनको भिडलाइ निर्वाचनमा एमाले एक्लैले परास्त गर्छ : एमाले नेता न्यौपाने
कपिलवस्तु । राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगरस्तरिय भेला तथा अधिवेशन कपिलवस्तुको बाणगंगामा सम्पन्न भएको छ ।
कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश सहइन्र्चाज गिरीधारीलाल न्यौपानेले विशिष्ट अतिथीको रुपमा सम्बोधन गर्दै ५ गठबन्धनको भिडमा अब एमाले एक्लै लड्ने र त्यो भिडलाई एक्लैले परास्त गर्ने बताउनुभयो । उहाँले विदेशी शक्तिको आडमा नेकपा एमालेलाई फुटाएको औल्याउनुभयो । दुईतिहाईको बहुमत सरकारलाई गिराएर ५ गठबन्धन दलले नेपाली जनताको सपनामाथी कुठाराघाट गरेको औल्याउनु भयो ।
यस्तै केपि ओली सरकारले गरेको राम्रा कामको प्रचार युवा वर्गले गर्नुपर्ने राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष सुमन पुरीले बताउनु भएको छ । उहाँले २० वर्ष सम्म हुन नसकेको विकास केपी ओली सरकारले ३ बर्षमा पुरा गरेको बताउनु भयो । ओली सरकारले तिब्र गतिमा गरेको विकासका कामलाई देखेर, सरकारको लोकप्रियता देखेर विपक्षी दलहरुले घेराबन्दीमा पारेको बताउनुभयो ।
राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगरस्तरिय भेला तथा अधिवेशनलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अब निर्वाचनमा फेरी नेकपा एमाले बहुमत स्थानमा जित्ने दाबी गर्दै त्यसका लागि युवा वर्गलाई एक ढिक्का भएर लाग्न आह्वान समेत गर्नुभयो ।
यस्तै कार्यक्रममा राष्ट्रिय युवा सघं नेपालका केन्द्रिय सचिव तुल बहादुर अधिकारीले ओली सरकारले देशमा गरेको विकासका कारण नै देशभरी नेकपा एमाले र युवा संघमा प्रवेश गर्नेहरुको लहर चलेको बताउनुभयो । उहाँले बाणगंगामा यूवाहरुको यति ठूलो उत्साह देख्दा सिंगो पार्टी पक्ति उत्साहित भएको वताउनु भयो ।कार्यक्रममा नेकपा एमाले प्रदेश सचिवालय सदस्य एवं प्रदेश कार्यालय सचिव बलराम अधिकारीले बोल्दै नेकपा एमाले सरकारलाई गिराउन देशी विदेशी शक्तिको आडमा विभिन्न सडयन्त्र रचेको बताउनुभयो । तर नेपाली जनतामा एमाले प्रतिको विश्वासले गर्दा विपक्षीको विभिन्न सडयन्त्रका बाबजुद केही गर्न नसकेको औल्याउनुभयो ।
एमाले नेता सांसद विष्णु पन्थीले बोल्दै एमालेले थोरै नेता कार्यकर्ता गुमाए पनि जनताको विश्वास आसा ,भरोसा नगुमाएकाले फेरी पनि चुनाववाट एमालेले जित्ने बताउनुभयो।उहाँले बालबालिकालाई शिक्षा, स्वास्थ्य र युवाहरुलाई रोजगार प्रदान गर्न नेकपा एमालेको सरकार बने मात्र सम्भव रहेको औल्याउनुभयो । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले आगामी चुनावमा एमालेलाई सत्तासिन तुल्याउन यूवापंक्ति जुरमुराएको दावि गर्नु भयो ।
कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य एवं युवा इ्न्र्चाज चक्रपाणी अर्यालले बाणगंगाको भविष्यका निम्ती एमालेले फेरी पनि जित्नुपर्ने बताउनुभयो । राष्ट्रिय युवा सघं कपिलबस्तुका अध्यक्ष विजय कुंवँरको अध्यक्ष , राष्ट्रिय युवा सघं नगर सचिव हरिशंकर पौडेल संचालन तथा जिल्ला सचिव श्याम सुवेदीको सञ्चालनमा भएको हो ।यसैविच नगर अधिवेशनले कमल क्षेत्रीको अध्यक्षतामा ४१ सदस्सीय नगर कमिटी सर्वसम्मत गठन गरिएको छ । जसको उपाध्यक्षमा कमल घिमिरे, सचिवमा महेन्द्र गिरी, सहसचिवमा प्रियंका थारु, कोषाध्यक्षमा सुवास पाण्डे सर्वसम्मत चयन भएको निर्वाचन मण्डलका अध्यक्ष तेजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।