
सृजना आचार्य चन्द्रौटा । बुबा आमाले आफ्नो सन्तानलाई विभिन्न अवसरहरुमा उपहार दिने गर्दछन् । आफ्नाे आर्थिक र भाैतिक अवस्थाले सक्ने जति सक्दो आफ्नो सन्तानलाई उपहार दिने बुबा आमाको प्रयास हुन्छ ।
यस्तै सैनामैना-८ रुपन्देही निवासी खेमलाल भुर्तेलले भने आफ्नो छोरा टिकाराम भुर्तेलकाे जन्मदिनको अवसरमा ५ लाखको सिटिजन शुभारम्भ जीवन बीमा प्रदान गरेका छन् ।
सिटिजन जीवन बीमा कम्पनीको सिटिजन शुभारम्भ जीवन बीमा योजना अन्तर्गत यो उपहार दिएको आमा भुर्तेलले बताइन् । बुबा खेमलाल भुर्तेल भन्छन् सन्तानलाई वर्तमान मात्र हैन भविष्य पनि सुरक्षित पार्न विलायसी खर्चमा उपहार दिनु भन्दा हरेक अभिभावकलाई जीवन रक्षा र बीमा योजनामा सहभागी भई यस प्रकाको उपहार मा जोड दिए अब्बल हुन्छ ।