
रिसव आचार्य कपिलवस्तु । राष्ट्रिय जनमोर्चा कपिलवस्तु को पश्चिम विजय नगर गाउँपालिका मा आज राष्ट्रिय जनमोर्चा को पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।राष्ट्रिय जनमोर्चा विजय नगर गाउँपालिका का अध्यक्ष गोपाल सुनार को अध्यक्षतामा विजय नगर वडा न ६ जुटपानि विद्यालय मा सम्पन्न भएको हो।अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक केन्द्रीय सदस्य तथा राष्ट्रिय जनमोर्चा जिल्ला सल्लकार केरसिंह अदै नेकपा मसाल कपिलवस्तु जिल्ला प्रवक्ता छबिलाल गैरे, को उपस्थिति मा भएको प्रवेश कार्यक्रम मा २०५४ को स्थानीय निर्वाचन मा गाविस अध्यक्षमा स्वतन्त्र बाट विजय हुनु भएका विजय नगर वडा नं ६ जुटपानी निवासी अमृत यादव (मन्त्राज यादव) राष्ट्रिय जनमोर्चा मा प्रवेश गर्नु भएको छ। उहाँ लगायत ५५ जना लाई केरसिंह अदैले सदस्यता दिनु भएको थियो, नयाँ प्रवेश गर्नु भयका यादव ले मन्तव्य दिँदै आफू राष्ट्रिय जनमोर्चाको नीति, कार्यक्रम, र संघर्ष बाट प्रवाहित भएको बताउँदै, इमान्दारीका साथ काम गर्ने बताउनु भयो, उहाँ लाई बधाई दिँदै अखिल नेपाल किसान महासंघ का केन्द्रीय उपाध्यक्ष शिव पौडेल अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका केन्द्रीय सदस्य केरसिंह अदै, ने क पा मसाल का जिल्ला प्रवक्ता छबिलाल गैरेले देशको तत्कालीन राजनीतिक परिस्थिति , राष्ट्रिय जनमोर्चा को नीति कार्यक्रम, राष्ट्रियता, एमसीसी सम्झौताको विरुद्ध संघर्ष को बारेमा प्रकाश पार्नु भएको थियो। राष्ट्रिय जनमोर्चा मा प्रवेश गर्नु भएका लाई राष्ट्रिय जनमोर्चा विजय नगर गाउँ पालिका वडा नं १ का अध्यक्ष प्रभु यादव वडा नं ५ का खदेरु पासी, वडा नं ६ का पतेश्वरी यादव वडा नं ७ का राम समारे कोरी ले बधाई दिँदै राष्ट्रिय जनमोर्चा विजय नगर मजबूत हुँदै गएको बताउनु भएको थियोे ।
कार्यक्रम सञ्चालन राष्ट्रिय जनमोर्चा विजय नगर गाउपालिका का सचिव गोविन्द परियार ले गर्नु भएको थियो।