Advertisement
विज्ञापन

सन्धिखर्क नगरपालिकाको वार्ड न.२ ले लगायो, वार्ड कार्यसमिति एवं क्षेत्रीय प्रतिनिधिको टुंगो



Advertisement
विज्ञापन

अर्घाखाँची ।

नेपाली काङ्ग्रेसको १४अौं महाधिवेशनले सम्पूर्ण देशको माहोल तातिरहेको बेला अर्घाखाँची जिल्ला पनि त्यसबाट अलग रहन सकेन। वार्ड अधिवेशनको लागि नेपाली काङ्ग्रेस केन्द्रले यहि भाद्र १८ गतेको दिनलाई तोकेको भए पनि त्यसभन्दा अगाडि नै सर्वसम्मत खोज्ने प्रयास स्वरूप सन्धिखर्क नगरपालिका वार्ड नं. २ मा कार्यसमिति एवम् क्षेत्रीय प्रतिनिधिको टुंगो लागिसकेको छ।


Advertisement
Advertisement

नेपाली काङ्ग्रेस स.न.पा.२का पार्टी सभापति विष्णुप्रसाद भुसालको सभापतित्व तथा पार्टीका सम्पुर्ण क्रियाशील सदस्यहरु सम्मीलित आज बसेको बैठकले विनय नेपालीको अध्यक्षतामा वार्ड कार्यसमिति एवं क्षेत्रीय सदस्यहरुको टुंगो लगाएको हो।

वार्डबाट छनोट भइ नगरपालिका,क्षेत्र तथा जिल्लामा हुने अधिवेशनको लागि क्षेत्रीय प्रतिनिधि पनि चयन गर्नुपर्ने बिधान अनुसार ती प्रतिनिधि सदस्यहरुको छनोट गरिएको छ, जसमा खुल्लातर्फ कमलप्रसाद भुसाल, विष्णुप्रसाद भुसाल, धर्मराज भुसाल, दुर्गाप्रसाद पौडेल,डिल बहादुर रायमाझी,हलिम खाँन रहेका छन् भने अन्य समावेशी प्रतिनिधि सदस्यहरूमा डिलाराम भुसाल, निरेन्द्र रायमाझी, शान्ता पन्थी, कौशल्या भुसाल,यमा चुदाली, मिना खनाल, सीता पौडेल, कृष्ण परियार, राजकुमार श्रेष्ठ निर्विरोध छनोट भएका छन् ।

नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिले भाद्र १८ गते नै जिल्लाका सम्पूर्ण वार्डहरुमा अधिवेशन गर्ने निर्णय गरेको भएपनी वार्डहरु सर्वसम्मतको लागि जुटिरहेको देखिन्छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement