Advertisement
विज्ञापन

दाङमा खोलाले गाडी बगाउँदा दुई जनाकाे मृत्यु



Advertisement
विज्ञापन

दाङ । दाङमा बुधबार राति खोलाले गाडी बगाउँदा दुई जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् । घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा आएको बाढीले गाडी बगाउँदा एकै घरका दिदीबहिनीको मृत्यु भएको हो ।
अन्य दुई महिलालाई बाढीले बगाएर बेपत्ता बनाएको र खोजी जारी रहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । लमहीबाट घोराहीतर्फ जाँदै गरेको प्रदेश ०३–०१–०२४ च ४४४० नम्बरको गाडीलाई बाढीले बगाउँदा घोराही–१६ सर्राका ३२ वर्षीया सुशीला श्रेष्ठ र उनकी बहिनी ३० वर्षीया राधिका श्रेष्ठको मृत्यु भएको उनले बताए ।
बाढीले घोराही–१३ की ४० वर्षीया रीतामाया पुन र घोराही–१४ की ४२ वर्षीया विमला केसीलाई बेपत्ता बनाएको छ । चालक घोराही–१५ का ४० वर्षीय नरबहादुर पुनको उद्धार गरिएको र उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad