
बुटवल ।उदयमान मिडिया प्रा.लि.द्वारा संचालित ” उदयमान डट कम ” ” सत्य तथ्य सूचना र समाचारको उदय ” भन्ने मुल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यस मिडियाले समेट्दै अघि बढ्ने उद्देश्यका साथ उदयमान मिडिया प्रा.लि.को कार्यालय उदघाटन कार्यकम भएकाे छ ।
२०७८-०५-०६ गतेका दिन पूर्व प्र.ना.उ मेघराज कंडेलको प्रमुख आतिथ्यता र उदयमान मिडिया प्रा.लिका प्रबन्ध निर्देशक इज्जत कंडेलको अध्क्षयता सम्पन्न भएको छ । उदघाटन समारोहमा विशेष अथितिका रुपमा तिलोत्तमा नगरपालिकाका योजना प्रमुख ई.प्रदिप वन,प्रेस चौतारी गुल्मीका अध्क्षय शिब सुबेदी,अखिल नेपाल महिला संघ पाल्पा क्षेत्र नं. २ संयोजक तुलसा गैरेको उपस्थिति रहेको थियो
। त्यस्तै अथितीमा बिष्णु जि पाण्डे ( माइला बा ),बेद प्रसाद पाण्डे र सुदुरपश्चिम सम्पर्क समाज लुम्बिनी रुपन्देहीका अध्क्षय आयुष बोगटीको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अथिति मेघराज कंडेल. विशेष अथिति ई.प्रदिप वन,शिब सुबेदी,र तुलसा गैरेले शुभकामना मन्तव्य दिनुभएको थियो । त्यस्तै कार्यक्रममा उदयमान मिडिया प्रा.लि.का सम्पूर्ण पदाधिकारिलाई परिचयपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अथिति मेघराज कंडेल. विशेष अथिति ई.प्रदिप वन,शिब सुबेदी,र तुलसा गैरेले शुभकामना मन्तव्य दिनुभएको थियो । त्यस्तै कार्यक्रममा उदयमान मिडिया प्रा.लि.का सम्पूर्ण पदाधिकारिलाई परिचयपत्र वितरण गरिएको थियो । कार्यक्रमको संचालन तुलसी राम पाण्डेले गर्नुभएको थियो ।