
सागर खनाल मालारानी ।
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ३ खनदह खनार (साविक खनदह ६) मा समाजसेवी रोमाहर्ष खनालले मास्क र सेनिटाइजर वितरण गर्नु भएको छ।
खनालले करिब ८० घरधुरिलाइ मास्क र सेनिटाइजर वितरण गर्नु भएको हो। यस अघि पनी खनालले कोरोना संक्रमित तथा अन्य परिवारलाई घर घरमा पुगी मास्क र सेनिटाइजर वितरण गर्नु भएको थियो।
रोमाहर्ष खनाल हाल नेकपा माओबादी केन्द्र खनदहका वार्ड अध्यक्ष हुनुहुन्छ। आफुले खनदहका साविक १ देखी ९ वार्ड मध्ये केही वार्डमा मास्क र सेनिटाइजर बितरण गरेको र बाकी रहेका वार्डमा बितरण गर्ने पनी उहाले बतउनु भयो।