अर्घाखाँचीमा पहिरोले घर पुरिदा ९ बर्षीय बालिकाको मृत्यु
२०८७
हलिम खाँन अर्घाखाँची ।
जिल्लाको पाणिनि गाउँपालिका वार्ड नम्बर ७ झन्द्रेकको डोडाबारिमा बस्ने जिवलाल सुनारको ९ वर्षकी छोरी झरना सुनारको पहिरोले च्यापिएर घटना स्थलमै मृत्यु भएको वार्ड सदस्य नविन टण्डनले बताएका छन् ।
मंगलवार साझ करिब ५:३० बजेतिर घरमाथिबाट आएको पहिरोले एकतले कच्ची घर पुरिएको हो । घरमा मृतक सुनारको ६ जना परिवारसंग १ जना छिमेकी समेत रहेका थिए ।
मृतक सुनारको परिवार र छिमेकीहरु समेत उक्त पहिरोका का कारण सामान्य घाइते भएको वार्ड सदस्य टण्डनले बताए ।
थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुरक्षा अधिकारी लगाएतको टोलि घटना स्थलमा पुगेको छ ।