यस बर्षा पनि भएन् तम्घासमा रोपाइँ जात्रा 

 

गुल्मी । श्रीकृष्ण जन्माष्टमीको अवसरमा गुल्मीको सदरमुुकाम तम्घासमा विविध कार्यक्रमहरु सहित गरिने रोपाइँ जात्रा भएन । कृष्ण जन्माष्टमीको अर्को दिन मनाइने रोपाइँ जात्रा कोरोना महामरीका कारणले चलेको निषेधाज्ञाले गर्दा नगरिएको हो ।

तम्घासमा रहेका विभिन्न क्लब संघसंस्थाहरु मिलेर विविध कार्यक्रम सहित रोपाई जात्रा गरेर मनाउने प्रचलन थियो । क्लब, मन्दिर व्यवस्थापन समितिले श्रीकृष्णको रथ यात्रा, रोपाई जात्रा, हाँस्यव्यंग्य गाईजात्रे प्रस्तुती, लाखे नाच सहित विविध साँस्कृतिक कार्यक्रम गर्ने गर्दर्थे ।

जात्रा तम्घास बजारका विभिन्न स्थानसँगै चिदिचौर खेल मैदानमा पुगेर रोपाइँका बेला गाइने वाली गीतहरु सहित विभिन्न हास्य व्यंग्य कार्यक्रमहरु पनि गरिने गर्दर्थे । रोपाइँ जात्रा तथा विविध साँस्कृतिक कार्यक्रममा विभिन्न घटनाक्रमसँग समन्धित हाँस्य व्यंग्य प्रस्तुति, खेत रोपाइँको क्रममा गाईने वाली भाका गाएर तम्घास बजार रमाईलो बन्ने गर्दथ्यो ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै