Advertisement
विज्ञापन

यु. एम. एन. र सुनवल सामुदायिक केन्द्रद्वारा बाढीबाट बिस्थापित २०६ घर परिवारलाई राहत बितरण



Advertisement
विज्ञापन

 

उमेश बि.क नवलपरासी ।


Advertisement
Advertisement
Advertisement

पश्चिम नवलपरासीकाे पाल्हिनन्दन गाउँपालिका वडा नम्बर १ शंकरपुरमा बाढीबाट बिस्थापित घर परिवारलाई राहत बितरण गरिएको छ ।

युनाइटेड मिसन टु नेपाल नवलपरासी कष्टकरको सहयोग तथा सुनवल सामुदायिक बिकास केन्द्रद्वारा अबिरल बर्षाकाे कारण पाल्हिनन्दन गाउँपालिका वडा नं. १ शंकरपुरका डुबानमा परी खेतबारी नष्ट भएको र बिस्थापित अति बिपन्न २०६ जना घर परिवारलाई राहत प्रदान गरिएको हाे ।

बिस्थापित अति बिपन्न परिवारलाई २५ किलो चामल ,३ किलाे दाल , २ लिटर खानेतेल , २ प्याकेट अायाेडिन नुन , १ थान त्रिपाल,चिनि २ किलाे,२ किलाे चना,१ प्याकेट बेसार ,मसला १ प्याकेट,अालु ५ किलो ,पियाज ५ किलो ,डिटाेल साबुन २ वटा,कपडा धुने साबुन २ वटा र स्वाबिन ४ प्याकेट प्रती घर परिवारलाई दैनिक उपभोग्य सामाग्री प्रदान गरिएको सुनवल सामुदायिक बिकास केन्द्रकि अध्यक्ष सपना अधिकारी थापाले जानकारी दिनुभएको हाे।

राहत हस्तान्तरण गर्दै युनाइटेड मिसन टु नेपाल नवलपरासी कष्टकरकाे टिम लिडर सब्बु तमाङले विस्थापित सबै परिवारलाई पुग्ने गरी राहत वितरण गरिएको बताउनुभयो । उहाँले जनताको दुःखसुखमा साथदिन कुनै पनि कसर बाँकी नराख्ने प्रतिब्द्वता ब्यक्त गर्नुभएको हाे।

विपद ब्यवस्थापन समिति अध्यक्ष एवं गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपकले बाढी प्रभाबित अति बिपन्न परिवारलाई तत्कालै पहिलो चरणको राहत बितरण गरिएको बताउनु भएको हाे । कसैलाई पनि प्राकृतिक बिपत्तिको सामना गर्न नपरोस् भन्दै बाढी प्रभाबितलाई युनाइटेड मिसन टु नेपाल नवलपरासी कष्टकरको सहयोग तथा सुनवल सामुदायिक बिकास केन्द्रद्वारा राहत प्रदान गरेको बताउदै विपदकाे समयमा गरेको मानविय कामकाे प्रशंसा समेत गर्नुभएको हाे।

त्यस्तै उपाध्यक्ष पबित्रा काेहारले पाल्हिनन्दन गाउँपालिका कृषि क्षेत्र भएको पालिका रहेता पनि बाढीले हजारौं बिगहा क्षेत्रफल भित्रकाे धानबाली नष्ट भइरहेको छ। साे क्षेत्र हेर्दा मन पाेलि रहेको बताउदै राहत धेरै नभएपनि यसबाट केही दिनको समस्या समाधान हुने बताउदै युनाइटेड मिसन टु नेपाल नवलपरासी कष्टकरको सहयोग तथा सुनवल सामुदायिक बिकास केन्द्रले बाढी प्रभावित क्षेत्रमा यस्तो विषम परिस्थितिमा राहत बितरण कार्यकाे प्रशांसा ब्यक्त गर्दै धन्यवाद दिनुभएको हाे ।

राहत बितरणमा वडा नम्बर १ का वडा अध्यक्ष ललग्न प्रसाद यादव, कार्यपालिका सदस्य राज कुमारी काेहार,सुनवल सामुदायिक विकास केन्द्र सचिव ठाकुर प्रसाद खनाल,युनाइटेड मिसन टु नेपालको रिकाेभ परियाेजना अधिकृत ज्याेति सेढांई,लैंगिक समानता परियोजना संयाेजक राधा सापकोटा ,रिकाेभ परियोजना संयाेजक सबिना रेग्मी लगाएत पत्रकार ,सुरक्षाकर्मीहरुकाे सहभागीतामा राहत बितरण गरिएको हाे ।

स्थानीयले राहत सामग्री पाएपछि खुसि ब्यक्त गर्दै पाएकाे राहतबाट केही दिन छाँक टार्न सहज भएको भन्दै खुशी ब्यक्त गरेका हुन ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad