
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ८ सय ९२ जनाको पीसीआर परीक्षणमा १ हजार ९ सय २ र ४ हजार ३ सय ४१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३ सय ९३ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ८०८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।