Advertisement
विज्ञापन

रुरु कालीगण्डकी अन्लाईन तिज गित प्रतियोगिताले सामाजिक सञ्जाल तात्याे



Advertisement
विज्ञापन

चुरामणि तिमिल्सिना,गुल्मी -विश्व नै कोभिड १९को महामारीको चपेटामा परिरहेको बेला स्थानीय स्तरमा लुकेर रहेका प्रतिभाहरुलाइ सामाजिक सन्जाल मार्फत विश्वभर पुर्याउने उद्देश्यका साथ रुरु धार्मिक सेवा सञ्चार प्रा लिको प्रधान कार्यालय रुरुधाम रिडी र कालीगण्डकी पोष्ट डट कम स्याङ्जाको संयुक्त आयोजनामा रुरु कालीगण्डकी अनलाइन तिज गीत नृत्य प्रतियोगिता २०७८ सञ्चालन भैरहेको छ । यस्तो कार्यक्रम यो क्षेत्रमै पहिलो पटक भएको स्थानीयले दाबी गरेका छन ।

कार्यक्रमको सफलताको लागि गुल्मी र छिमेकी जिल्लाका प्रमुख जिल्ला अधिकारी,नगरपालिका , गाउँपालिका ,वडा कार्यलयहरुले धन्यवाद तथा शुभकामना प्रदान गर्नु भएको छ। समाचार तयार पार्दा सम्म कार्यक्रममा ५ बर्ष देखि ४५ बर्ष उमेर समुहका १७० जनाको सहभागिता रहेको छ । कार्यक्रमको सफलता र प्रतिस्पर्धिको हौसलाको लागि संस्थागत र ब्यक्तिगत रुपमा सहयोग गर्ने क्रम पनि अगाडी बढिरहेको छ ।भदौ २० गते बिहान १० बजेसम्म उपलब्ध भिडियोलाइ मान्यता दिई कार्यक्रमको नतिजा भदौ २३ गते प्रकाशन गरिने छ ।                                              कार्यक्रमका विषयमा गुल्मीका प्रमुख जिल्ला अधिकारी रुद्रादेबि शर्मा लाई कार्यक्रमका अध्यक्ष तथा पत्रकार चुरामणि तिमिल्सिनाले जिज्ञासा राख्दा यस्तो महामारिको समयमा प्रबिधि प्रयोग गरि घर घर, बस्ती बस्ती बाट आम दिदि बैनिहरुले गितमा अभियान गरि सबैलाई देखाउदा कला सस्कृतीको जगेर्ना समेत भएको, आफ्नो कला सबै माझ पुर्याउदा अत्यन्त खुसी लागेको बताउनुभयो ।उहाँले यस्ता कार्यक्रमहरु सामाजिक संघ सस्थाले सञ्चालन गर्दा बढी प्रभाबकारी हुँदै आएको बताउनुभयो । कार्यक्रममा झन्डै १५ जिल्ला बाट प्रतिस्पर्धिले भाग लिएका अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो । यस कार्यक्रममा हाल सम्म बढी मात्रमा सत्यवति गाउँपालिकाको सहभागीता रहेको र यस भेगमा बढी कलाकाहरको प्रतिभा लुकिरहेको आफुले महसुस गरेको कार्यक्रमका सहयोगी श्रीराम गौतमले बताउनु भयो ।


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad