तानसेनमा घरको गारो भत्किएर १० वार्षिया बालिकाको मृत्यु

दिनेस काफ्ले,पाल्पा । पाल्पाकाे तानसेन नगरपालिका- ५ कैलासन गरमा घरको गारो भत्किएर १० वार्षिय बालिकाको ज्यान गएकाे छ। लगातार परेको अबिरल बर्षाका कारण आफ्नै घरमा सुतिरहेको अबस्थामा घरको गारो भत्किएर नारायण दर्जिको छोरी नैना दर्जिको मृत्यु भएको हो।
बालिकालाई १ तले ढुङ्गा माटोले बनेको कच्ची घरको पछाडिको गारो अचानक भत्किन गई च्यापेको थियो। गारोले च्यापिएर घाइते भयकी उनको उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा लगिएको थियो । डाक्टले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेस्वर त्वातिले जानकारी दिनुभएको छ। घटनाको विषयमा थप अनुसन्धान भैरहेको जनाइएकाे छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै