Advertisement
विज्ञापन

अन्तत रहेनन जनगायक जेबी टुहुरे



Advertisement
विज्ञापन

जनगायक जुठबहादुर खड्गी जेबी टुहुरेको निधन भएको छ । टुहुरेको उपचारका क्रममा ​बयोधा अस्पतालमा बिहीबार निधन भएको हो । टुहुरे मङ्गलबार घरमा एक्कासि लडेपछि उपचारका लागि बयोधा अस्पताल लगिएको थियो । मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग रहेका टुहुरे माओवादी केन्द्र निकट जनसांस्कृतिक महासङ्घका निवर्तमान अध्यक्ष हुन् ।उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको थियो । उनको पार्थिव शरीरमा कम्युनिष्ट पार्टीको झण्डा ओढाएर सम्मान प्रकट गरिएको थियो । उनको बिहीबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ


Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement