आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डौ – मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक सरिरहेकाले देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।नेपालको पूर्वी तराई नजिक रहेको मनसुनी न्यूनचापीय रेखा आज रातिदेखि नेपाल प्रवेश गर्ने भएकाले धेरै ठाउँमा पानी पर्ने मौसमविद् मञ्जु बासीले बताउनुभयो । न्यूनचापीय रेखाको प्रभाव केही दिन रहने देखिएकाले अबको ३र४ दिन नै पानी पर्ने अनुमान गरिएको छ ।

आज वाग्मती, लुम्बिनी, सुदूरपश्चिम प्रदेश, प्रदेश १ र प्रदेश २ का केही ठाउँमा दिउँसो ठूलो पानी पर्ने मौसमविद् बासीले बताउनुभयो । यस्तै, राति पनि यी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने उहाँको भनाइ छ । भोलि र पर्सि पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने र धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले जनाएका छन् । यसले गर्दा बाढी पहिरोको जोखिम बढेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै