ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला छोरा पक्राउ

काठमाण्डौ,धनुषामा ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला परेको छ ।मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ का ५५ वर्षका रामवृक्ष मण्डल र २१ वर्षकी अमृता मण्डलको शव फेला परेको हो । बुबा र श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले ३० वर्षका भागेश्वरकुमार मण्डललाई पक्राउ गरेको छ ।

रामवृक्ष र अमृता नदेखिएपछि स्थानीय बासिन्दाले खोजी सुरु गरेको र प्रारम्भिक अनुसन्धानका क्रममा छोरा भागेश्वरले आँपको बगैँचामा गाडेको बताएका धनुषाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।शव निकालिएको र घटनाबारे थप अनुसन्धान भइरहेको पनि उहाँले बताउनुभयो ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै