खोलाले बगाउँदा सल्यानमा एक जनाको ज्यान गयो

सल्यान सल्यानमा खोलाले बगाएर एक जनाको ज्यान गएको छ । मर्मखोलाले बगाउँदा कुमाख गाउँपालिका–४ का ५१ वर्षीय लीलाधर शर्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिनुभयो।

घरबाट रागेचौरतर्फ जाँदै गर्दा आज बिहान मर्मखोलामा बगेर शर्मा बेपत्ता भएका हुनु भएको हो । प्रहरी र स्थानीयको सहयोगमा उहाँको शव कुमाख गाउँपालिका–२ शान्ति बजारमा खोलाको किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार