
प्रकाश भुसाल,नालीबेली न्युज अर्घाखाँची।
जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ४ केरुङ्गा बल्कोट तर्फ रहेको श्री महेन्द्र बिद्याबोध उच्च माध्यमिक बिद्यालयले कक्षा ११ को परिक्षाफल प्रकाशन नगर्ने भन्दै बिद्यार्थीलाई धम्की दिएको छ।कोरोनाको कहरको बेलाको पनि पुरै १२ महिनाको शुल्क नदिए परिक्षाफल प्रकाशन नगर्ने भन्दै बिधालयले बिद्यार्थीलाई धम्की दिएको हो।जब सम्म कक्षा ११ को १२ महिनाको शुल्क पूरा दिदैन विद्यार्थीलाई तब सम्म परीक्षा फल प्रकाशन नगर्ने भन्दै बिधालयले धम्की दिएको छ।ब्यबस्थापन समिती ले एकातिर काम गरिरहेको र स्कुलले आर्को तिर काम गरिरहेको बिद्यार्थीले वताउँछन्।
अखिल क्रान्तिकारी अर्घाखाँची जिल्ला इन्चार्ज नबिन खडकाको नेतुत्वमा गएको टिमले विद्यार्थीको माग समयमै पूरा नगरे कडा कारबाही र आन्दोलन गर्ने चेतावनी दिएका छन्।साथै अखिल क्रान्तिकारीले समयमै बिधालयले सबै हिसाब सार्बजनिक गर्न भन्दै माग पनि गरेका छन्, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष बाबुराम एस ले समयमै स्कुलको सम्पुर्ण हिसाब सार्बजनिक नगरे बिधालयले ठुलै आन्दोलनको सामना गर्नु पर्न बताएका छन् ।