
कृष्ण अन्जान रुरु
कोभिड सँक्रमण पछि देखिएको अक्सिजन अभावलाई रोक्न नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका वडा न १ को अभियान निरन्तर जारी छ ।मुख्यतया रुरुक्षेत्र गाउँपालिकाले रुरु प्राथमिक स्वास्थ केन्द्रको मातहतमा रहने गरि सन्चालन गरिएको आइसोलेसन केन्द्रका लागि रुरुक्षेत्रका एमाले इन्चार्ज समेत रहेका युवा नेता हिमाल श्रेष्ठको अगुवाईमा अक्सिजन कम हुन नदिने अभियान अन्तर गत रुरु स्वास्थ केन्द्रमा अक्सिजन सिलिन्डर हरु भरिदिने र हस्तान्तरणको अभियान निरन्तर जारी रहेको अभियानका सदस्य समेत रहेका रुरुक्षेत्र गाउँ पालिका १ एमाले पार्टी सचिव चिरन्जिवि ज्ञवालीले बताउनु भयो ।
हामिले प्रतिबद्धता गरेका छौँ अक्सिजन अभावका कारण कसैलाई मर्न दिने छैनौँ सोहि अनुसार हाम्रो अभियान जारी छ एमाले रुरुक्षेत्रका ईन्चार्ज हिमाल श्रेष्ठले भन्नु भयो ।हाम्रा शुभचिन्तक सँगै सहयोगि हरुका सहयोगि हातहरुले अक्सिजन आपुर्ति अभियानमा साथ दिइरहन भएको छ पछिल्लो चरणमा पनि हामिले दशवटा ठुला अक्सिजन सिलिन्डर भरेर ल्याएका छौँ नेकपा एमाले रुरुक्षेत्र गाउँ पालिका वडा न १ का अध्यक्ष नवराज विक ले भन्नु भयो ।
रुरु प्राथमिम स्वास्थ केन्द्र अत्यधिक बिरामीको चाप हुने ठाउँ भएकाले पनि र कोभिडका बिरामी र अन्य बिरामीका लागि पनि अक्सिजन आवस्यक छ आईसोलेसन समेत सन्चालनमा रहेकाले पनि अक्सिजन आपुर्तिमा सहजता बढाउने काम अक्सिजन आपुर्ति टिमले गरेको छ जुन सह्राहनिय छ रुरु प्राथमिक स्वास्थ केन्द्रका प्रमुख डाक्टर विकास पन्थीले धारणा व्यक्त गर्नु भयो ।अक्सिजन आपुर्ति का अतिरिक्त विकास निर्माणका कामहरुमा पनि यो टिमले उत्तिकै ध्यान केन्द्रित गरेको छ र पछिल्लोपटक रुरु प्राथमिकता स्वास्थ केन्द्र बाहिर पालो कुर्ने बिरामीहरुका लागि ट्रस्ट निर्माण सँगै पँखा समेत जडान र रँग रोगनको काम पनि सकिएको र बिरामी र बिरामीका कुरुवा हरुका लागि पालो पर्खिन सहज भएको छ ।
सँगै रातको समयमा रुरुघाटमा मलामीहरुका लागि बत्ति बिजुलीको अभाव हुन नदिन रुरुक्षेत्र गाउँपालिकाको पहलमा बत्ति समेत जडान गर्ने काम यो अक्सिजन आपुर्ति टिमले गरेपछि रातिका समयमा घाटक्षेत्रमा विजुली झलमल भएपछि मलामीहरुलाई दाहसंस्कारमा सहज भएको छ ।