इश्माकी आइबोन क्यान्सरले ग्रसित झुमादेबीलाई आर्थिक सहयोग

चुरामणि तिमिल्सीना गुल्मी ।

गुल्मीको जिल्ला इश्मा गाउँपालिका वडा नं २ बस्ने झुमादेबी नेपालीलाई साइप्रस बाट आर्थिक सहयोग उपलब्ध भएको छ। साइप्रसका रहेका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले नेपाली सन्ताउन्न हजार छ सय आर्थिक सहयोग गरेका छन्। आइबोन क्यान्सरले ग्रसित र उपचारमा आर्थिक अभाबका बिभिन्न मिडियामा समाचार प्रकाशित भएको देखेपछि साइप्रसमा आफूहरुले अभियान संचालन गरी संकलन भएको रकम नेपाल पठाइएको साइप्रस बाट सहयोगदाता श्यामलाल नेपालीले जानकारी दिए ।

झुमाको हाल भारतको एसियन हस्पिटलमा उपचार भईरहेको छ । नेपालीको उपचारमा आर्थिक अभाब भएपछि उनको जीवन रक्षाका निम्ति अस्मिता बस्यालले सहयोगको गर्ने देश तथा बिदेशमा रहनुहुने सम्पूर्णलाई आग्रह गरेकि थिइन् । उनको उपचारमा केहि सहयोग पुप्याउने हेतुले आफ्नो खर्चलाई कटौती गरेर सहयोग संकलन गरी आर्थिक सहयोग गरिएको सहयोगदाताले बताएका छन् । सहयोग गर्ने सहयोगदातालाई नेपालीको परिवारले धन्यबाद ब्यक्त गरेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै