भीरबाट लड्दा प्युठानमा महिलाको मृत्यु

प्युठान। भिरबाट लड्दा प्युठानमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको मल्लरानी गाउँपालिका वडा नं १ चुजाँ दारिमखर्क नजिकै भैसीबान्ने डाडोँको भिरबाट लड्दा स्थानीय बसन्ती नेपालीको आज दिउसों मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

४० बर्षीय नेपाली जंगलमा बाख्रा चराउन गएको समयमा भिरबाट लडेर मृत्यु भएको उनले बताए । घट्नाको प्रारम्भिक कार्यपछी शवको पोष्टमार्टमका लागि प्युठान अस्पताल विजुवारमा पठाईने सुचना अधिकारी गैरेले जानकारी दिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै