रसुवा पहिरो अपडेट:एक जनाको मृत्यु ,तीन जना अझै बेपत्ता

रसुवा रसुवाको नौकुण्ड गाउँपालिका–५ कोलडाँडामा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । तीन जना अझै बेपत्ता भएका छन् ।अविरल वर्षाका कारण गएराति घरमाथि पहिरो जाँदा श्यामबहादुर भनिने बुद्धि तामाङकी श्रीमती ३२ वर्षीया कमलाको ज्यान गएको हो ।

पहिरोमा परेर हराइरहेकी कमलाको पुरिएको अवस्थामा शव भेटिएको हो । पहिरोमा उहाँका ११ वर्षीया छोरी सोकिता, ८ वर्षीया अर्की छोरी सुकुमाया र सात वर्षीय छोरा आशिष बेपत्ता भएका छन्। उनीहरुको खोजी भइरहेको रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिनुभयो ।पहिरोमा परेर घाइते भएका बुद्धि तामाङलाई थप उपचारका लागि काठमाण्डौ रेफर गरिएको प्रहरीले जनाएको छ । स्रोत उज्यालो

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार