समाजसेवी संजय यादवले क्यानसर पिडित साहलाई ७५ हजार रुपैया हस्तान्तरण गरे
वीरगंज ।क्यानसर पिडित बिजय साहलाई सनाजसेवी युवा संजय यादवले ७५ हजार नगद हस्तान्तरण गर्नुभएको हो।प्रसौनी गाउँपालिका वडा नं। ३ नौतन निवासी क्यान्सर पिडित करीब वर्ष २५ का बिजय साहलाई गाउँका संजय यादवले नगद हस्तान्तरण गरेका छन ।बिगत लामो समय देखि ब्लड क्यान्सरबाट पिडित साहको उपचार गराउदा गराउदै भएका चल अचल सम्पति समेत बेचबिखन गरि आमा बुवाले छोराको उपचारमा लगाए ।
त्यस पश्चात दिन प्रति दिन घरको आर्थिक स्थिति नै दैनिय भै समस्या बढे पछि बिभिन्न संचार माध्यमको समाचार प्रशारणको सहयोगले मलेशिया बिदेशमा रहेका नेपाली नागरिक सरोजको सहयोगमा चन्दा संक्लन गरी रु। पचहतरी हजार प्रसौनी गाउँपालिका वडा नं। ३ नौतन बस्ने संजय यादवको नाउमा पठाएका थिए ।सो रकम स्थानिय समाज सेवी बिश्वनाथ साह, पन्नालाल यादव, संदिप साह, मोती साह कानु, भैयालाल यादव, जोखु यादव, नरेन्द्र यादवको रोहबरमा यादवले पिडितलाई हस्तान्तर गरेका छन । ठाउँ ठाउँबाट सहयोग हुन थाले पछि केही राहत महसुस भएको निजको आमा साहले बताईन ।