वृद्धहरुको सम्मानमा रमाउछन् वार्ड अध्यक्ष खड्का

हलिम खाँन,अर्घाखाँची

सम्मान खोज्नेले सम्मान गर्न पनि जान्नुपर्छ  भन्ने भनाइलाई सबैले स्वीकार गरे पनि त्यसलाई व्यवहारमा उतार्ने कमै देखिन्छन् तर सन्धिखर्क नगरपालिका वडा नम्बर १२ का वार्ड अध्यक्ष नारायण खड्काले आफूले पाएको भत्ताको रकमबाट वृद्धवृद्धाहरुलाई हर्लिक्स वितरण गरेर जिल्लामा आफुलाइ उदार व्यक्तिका रुपमा चिनाएका छन्।कोरोना विरुद्धको खोप लगाउन जिल्ला अस्पतालमा पुगेका ६५ वर्ष माथिका वृद्धवृद्धालाई आफ्नै खर्चमा अध्यक्ष खड्काले सोमबार हर्लिक्स वितरण गरेका हुन् ।वडाध्यक्षको हैसियतमा आफुले प्राप्त गरेको भत्ताको रकमबाट वृद्धहरुलाई हर्लिक्स र मास्क वितरण गरेको वडा अध्यक्ष खड्काले बताए ।

पहिलो खोप लगाउँदा वृद्धहरुलाई अर्घाखाँची अस्पतालमा लैजाँदा ५ वटा हाइस रिजर्भ गर्दा लागेको र दोस्रो डोज खोप वडाको स्वास्थ्य संस्थामा लगाउने भएपछि सोही बराबरको रकमबाट हर्लिक्स र मास्क वितरण गरेका हुन् ।खड्का वार्ड अध्यक्ष मात्र नभई तरुण दलका जिल्ला अध्यक्ष समेत हुन ।अध्यक्ष खड्काले समाजमा रहेर गरेका सकारात्मक कामबाट व्यापक प्रशंसामात्रै पाएका छैनन् उनको कामले आजका युवापुस्तालाइ पनि गतिलो सन्देश समेत दिएको भन्नेबारेमा चर्चा व्याप्त छ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै