
दिपेन्द्र खत्री भाद्र १, गुल्मी ।
गोर्खा जिल्लामा जन्मिएका कृष्ण लामिछाने नेपाली गीत संगीतका लागि एउटा राम्रो सम्भावना बोकेका उदाउँदो प्रतिभा हुन्।उनले आफ्नो पुरै समय यहीँ संगीत क्षेत्रका लागि खर्ची रहेका हुन्छन्।उनको सुमधुर आवाजलाई जो कोहीले पनि मन पराएका हुन्छन्।यसको साथसाथै मिठो भाका बनाउने गीत एरेन्ज गर्ने र रेकर्ड भैसकेको गीतलाई मिक्सिङ गर्ने पनि ऊनीसँग राम्रो क्षमता छ। त्यसैगरी भर्खरै मात्र उनको लय/एरेन्ज स्वरमा “भरमा पर्दिन” बोलको गीत सार्वजनिक भएको छ।
अभिनव चौहानको शब्द सिर्जना र निर्देशन सन्तोष चौहानको छायांकन र सम्पादन, मनिष क्षेत्री , मुस्कान खड्का, सुरज ढकाल, मिलन भाट लगायतको अभिनयमा तयार भएको छ। नेपाली आँगनको आधिकारिक युटुब च्यानलबाट सार्वजनिक भएको गीत हेर्नको लागि तलको लिन्क ओपन गर्नुहोला।