Advertisement
विज्ञापन

गुल्मीमा ४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीमा ४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कालिगण्डकी गाउँपालिकाका ३६ वर्षीय निकृष्टराम परियार ९नाम परिवर्तन० लाई बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । भतिजी नाता पर्ने ४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

भुर्तुङ्ग प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले आरोपीलाई पक्राउ शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । यो घटनाले नयाँ पुस्ता सामाजिक मूल्य मान्यताभन्दा बाहिर जान लागेको पुष्टि गरेको जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले बताए।स्रोत रातो पाटि


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad