पाल्पामा बाबुले हानेको गोली लागेर छोराको मृत्यु

पाल्पा । पाल्पामा बाबुले हानेको गोली लागेर छोराको मृत्यु भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका वडा नम्बर ६ को तल्लोतालका ५६ वर्षीय कर्णबहादुर लम्तरीले मकैबारीमा आएको स्याललाई हान्ने क्रममा ३६ वर्षीय छोरा धनबहादुरलाई गोली लागेको हो ।

टाउकोमा गोली लागेका धनबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृतकका बाबु कर्ण बहादुरलाई प्रहरीले पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।स्रोत अन्लाईन खबर

 

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै