Advertisement
विज्ञापन

अर्घाखाँचीमा किसानको पैसा सहकारीले हिनामिना



Advertisement
विज्ञापन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर(९, ढिकुरा र वडा नम्बर(१०, धनचौरमा सहकारीले किसानको पैसा हिनामिना गरेको तथ्य फेला परेको छ । आर्थिक वर्ष २०७७र०७८ को ‘भैंसी प्रवर्धन’ कार्यक्रम अन्तर्गत किसानले पाउनु पर्ने रकममा सहकारीहरुले चलखेल गरेका हुन् नगरपालिकाले एउटा भैसीको मुल्य ७२ हजार निर्धारण गरेको थियो । निर्धारण गरेको मुल्यको ५० प्रतिशत किसाले पाउनु पर्ने हुन्छ । यसरी एक जना कृषकले ३६ हजार रुपैयाका दरले रकम पाउनु पर्ने हुन्छ । तर, नगरले सहकारी मार्फत वितरण गरेको रकम कृषकले घटाएर पाएका छन् । कृषकले प्रतिव्यक्ती ३० हजारका दरले मात्र रकम बुझेको बताएका छन् । प्रतिव्यक्ती ६ हजारका दरले सहकारीले रकम काटेर कृषकलाई बुझाएका छन् ।

हामीलाई रित्तो भरपाईमा सही छाप गराईयो, भुमिकास्थान(१०, धनचौरका चेतन भट्टराईले भने,‘रकम काटिएर आएको भन्दै ३० हजार मात्र दिए ।’ घाँसका बिरुवा, घाँस काट्ने मिसिन, सार्वजनिक सुनवाई लगायतको पैसा काटिएर आएको भन्दै थोरै रकम बुझेको उनले बताए । सोही वडाका अणनिधी रेग्मीले पनी खाली कागजमा सही गरेर रकम बुझेको बताए । ‘हामीले कुरा उठाएका थियौं, उनले भने,‘नगरबाटै रकम थोरै आएकाले यस्तो गरिएको भन्नुभयो ।’


Advertisement
Advertisement
Advertisement

नगरले वडा नम्बर(१० मा समावेशी महिला सहकारी संस्था र साना किसान हातेमालो कृषी सहकारी संस्थालाई रकम वितरण गर्ने जिम्मा दिएर सहकारीलाई रकम उपलब्ध गराएको थियो । समावेशी महिला सहकारी संस्थाले ३० हजारका दरले रकम वितरण गरेपनी साना किसानले हालसम्म किसानको पैसा भुक्तानी गरेको छैन । कोरोनाले बैंक बन्द भएका कारण रकम वितरण गर्न नसकिएको संस्थाले जनाएको छ । समावेशी महिला सहकारी संस्थाले प्रतिव्यक्ती ३० हजारका दरले भुक्तानी दिएको संस्थाका अध्यक्ष राधिका गैरेले बताईन् । अन्य रकम नगरबाटै काटिएर आएको उनको भनाई छ । यता नगरपालिकाले भने कृषकको १।५ प्रतिशत करकट्टी गरी अरु रकम सहकारीलाई दिएको बताएको छ ।

यस्तै वडा नम्बर(९ ढिकुरामा माहाभारत कृषी सहकारी संस्था लिमिटेड र साना किसान ढिकुराले कृषकको रकम वितरण गर्ने जिम्मा पाएका थिए । त्यहाँका कृषकले पनी प्रतिव्यक्ती ३० हजारका दरले मात्र रकम पाएको गुनासो गरे । वडा नम्बर(९ का कृषक विनोद घिमिरेले ३० हजार रकम बुझेको बताए । अर्का कृषक कृष्ण भट्टराईले भने( खर्चपर्च कटाएर ३० हजार बचेको छ भनेर त्यती नै बुझ्न लगाए । यतायात खर्च, औषधी खर्च, कर्मचारी अनुगमन भत्ता लगायतमा खर्च भएको सहकारीले जानकारी दियो, हामीले होला भन्यौं ।

वडा नम्बर(९, ढिकुरामा माहाभारत कृषी सहकारी संस्था लिमिटेडका अध्यक्ष दिपक खासुले किसानको पैसामा मोजमस्ती गरेको नभई सहकारीको खर्च कटाईएको बताए । ‘सम्झौतादेखी भुक्तानीसम्म ७ चोटी नगरमा गएको यातायात खर्च, फोटोकपी गराएको, अडिट गर्ने खर्च राखिएको लगायतका कारणले रकम घटेर आयो,‘अध्यक्ष खासुले भने,‘५० हजार जती रकम सहकारीमा राखेका छौं ।’

किसानलाई भुक्तानी गर्न सहकारीमा आएको रकम

(भुकिास्थान(१०, धनचौर, समावेशी महिला सहकारी संस्था ।
खातामा आएको रु। ४ लाख ७१ हजार वितरण गरिएको रु। ३ लाख ९० हजार
(भुकिास्थान(१०, धनचौर, साना किसान हातेमालो कृषी सहकारी संस्था ।
खातामा आएको रु। ४ लाख ७२ हजार २०३ ९वितरण नगरिएको०
(भुमिकास्थान(९, ढिकुरा, माहाभारत कृषी सहकारी संस्था लिमिटेड ।
खातामा आएको रु। ४ लाख २८ हजार १८८ वितरण गरिएको रु। ३ लाख ६० हजार
(भुमिकास्थान(९, ढिकुरा, साना किसान ढिकुरा कृषी सहकारी संस्था ।
खातामा आएको रु। ५ लाख १८ हजार वितरण गरिएको रु। ४ लाख २० हजार

किसानलाई आएको रकमबाट सहकारीले ‘मस्ती’ गरेको देखिन्छ । रकमबाट लागेको खर्च कटाएर अन्य रकम किसानलाई वितरण गर्नुपर्ने भएपनी त्यसो गरेको पाईएको छैन । किसानको पैसा बिना जानकारी सहकारीको खातामा राखिएको हो । कारवाही गर्नु नपर्ने सहकारी भेटिन मुस्किल हुन थालेको छ। सहकारी ऐन, नियम र कानुनभन्दा बाहिर गएर सञ्चालन हुन थालेपछि सहकारीका समस्या विकराल बन्दै गएको छ। नगरपालिकाले करकट्टी गर्न बिर्सिएको भन्दै समावेशी महिला सहकारी संस्था धनचौरसंग १४ हजार ८ सय, साना किसान हातेमालो कृषी सहकारी संस्था धनचौरसंग १४ हजार ४ सय, माहाभारत कृषी सहकारी संस्था लिमिटेड ढिकुरासंग १३ हजार ९ सय ८६ र साना किसान ढिकुरा कृषी सहकारी संस्था ढिकुरासंग १६ हजार ५ सय फिर्ता मागेको सहकारीहरुले जनाएका छन् । नगरका लेखा अधिकृत जुना पाण्डेले एकदुई संस्थामा त्यस्तो हुन गएको बताईन् । नगरका प्रमुख प्रशासकिय अधिकृत लिलबहादुर राउत क्षेत्रीले असारको चापका बेला कहिंकता त्यस्तो भएको हुनसक्ने बताए ।

नगरपालिकाका दुई कमजोरी

सहकारी मार्फत रकम वितरण
रकम भुक्तानी गरिसेकपछी करकट्टीको रकम माग
करकट्टी गर्नुपर्ने रकम करकट्टी गरेर दिनुपर्ने भएपनी नगर त्यसमा चुकेको देखिन्छ । नगरले सहकारीको खातामा रकम भुक्तानी गरिसकेपछी करकट्टी बापतको रकम मागेको देखिन्छ । नगरपालिकाले वडा मार्फत रकम वितरण गर्नुपर्नेमा सहकारी मार्फत वितरण गर्दा पनी समस्या देखिएको हो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad