व्यावसायिक मौरी पालेर मनग्य आम्दानी गरेका गुल्मीका जनक

दिपेन्द्र खत्री, नालीबेली सम्बाददाता । घर वरिपरि मौरीका घारैघार । घर अघि सुन्तलाको बगैचा । बिहानै उठेदेखि साँझ नपरुन्जेल मौरीको घारको हेरचाह गर्ने गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर –१ नयाँगाँउस्थित खालका ६८ बषिर्य जनक बहादुर खत्रीको दिनचर्या हो । उनले मौरीको मह बचेर नै बार्षिक लाखौं आम्दानी गर्दै आएका छन ।

उमेरले ६८ बर्ष पुग्नुभएका जनकबहादुर खत्री, परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौ रुपैया आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरणको पात्र बनेका छन । विगत पाचँ बर्षदेखि व्यावसायिक रुपमा मौरीपालन व्यावसाय गर्दै आएका कृषक खत्रीले मह उत्पादन गरेर बार्षिक लाखै रुपैया आम्दानी गर्दै आएका छन । ४ जनाको परिवार सजिलै चलाएका छन भने बृद्ध अवस्थामा पनि अरुको मुख ताक्नु परेको छैन । घरमा अहिले सेरेना जातको ५२ वटा मौरीका घार छन । मौरीले राम्रै फाइदा दिदाँ खत्री पनि दंग छन ।

दिपेन्द्र खत्री, नालीबेली सम्बाददाता

उनले वर्षमा दुई पटक मह निकाल्ने गर्छन् । २०६९ सालबाट ब्याबसायिक माहुरीपालन गर्न थालेका कृषक खत्रीको मुख्य आम्दानीको श्रोत नै यहि हो । स्थानिय सरकारको सहयोगमा व्यवसाय शुरु गर्नुभएका खत्रीले व्यावसायलाई अझै बढाउने योजना बनाएका छन । उत्पादन गरेको मह घरवाटै बिक्रि हुने गरेको छ । गुणस्तरीय मह भएकाले अधिकांस मह घरवाटै १२ सय रुपैयामा विक्रि हुन्छ । गुल्मी जिल्लासंगै छिमेकी जिल्ला अर्घाखाँची,बागलुङ,प्युठान,पर्वत लगायतका क्षेत्रवाट पनि ग्राहक घरमै आएर मह लैजाने गरेका छन् । प्रदेश र स्थानिय सरकारको सहयोगमा तालिम लिएपछि खत्रीे मौरीपालनमा लागेको हो । उनले मह मात्र बेच्नुहुन्न मौरीको घार र गोला समेत विक्रि गर्छन् ।

सेरेना जातको माहुरीको मह भीर माहुरीकै जस्तै गुणस्तरीय हुने भएकाले राम्रो फाइदा हुने धुर्कोट गाउँपालिका वडा नम्बर १का वडाध्यक्ष कमल थापाले बताए । वडा भित्र मौरीपालन गर्नेहरुको लागी वडाबाट आबश्यक सामाग्री उपलब्ध गराएको समेत बताए ।

मौरी पालनको क्षेत्रमा राम्रो सम्भावना भएपनि आवश्यक ज्ञानको कमीले कृषकले परम्परागत ढंगले मौरी पाल्ने गरेका छन । यसका लागी मौरी पालनको आबश्यक तालिम संचालन गर्नुपर्ने देखिन्छ । भने यी बृद्धाको कामबाट अन्य युवाहरुले पनि पाठ सिक्न जरुरी छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै