Advertisement
विज्ञापन

अर्घाखाँचीमा मुस्लिमहरुले मोहरम पर्व जुलुस यसपाली नमनाउने



हलिम खाँन,नालीबेली सम्बाददाता,अर्घाखाँची .
Advertisement
विज्ञापन

हलिम खाँन,नालीबेली सम्बाददाता,अर्घाखाँची ।

बिश्वका विभिन्न देशहरुमा कोरोनाका भेरियन्टहरु तिब्र गतिमा फैलिरहेको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयको अनुसार नेपालका १७ ओटा जिल्लाहरु कोरोनाको हटस्पट बनेको छ जस मध्य अर्घाखाँची जिल्लापनि परेको छ । जिल्ला प्रशासन अर्घाखाँचीले जिल्ला भर साउन १६ गते शनिबारदेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाले भिडभाड नियन्त्रणमा आएपनि कोरोना संक्रमण भने दैनिक उकालो लाग्दै गएको छ। निषेधाज्ञा लगाए पनि संक्रमण दरमा कमी आउन सकेको छैन।यसै बिच मोहरम महिना ईस्लामिक क्यालेन्डर अनुसार पहिलो महिना हो । नेपालमा मोहरम महिना साउन २७ गतेबाट सुरु भए संगै १४४३ हिजरी संवतको शुरूवात भएको उल्लेख छ ।


Advertisement
Advertisement
Advertisement

यहीँ महिनामा ईस्लाम धर्मका विभिन्न एतिहासिक घटनाहरु घटेका छन् ति मध्य एक मर्मस्पर्शी घटना इराकको करबला नामक मैदानमा घटेको थियो । जुन घटना यही इस्लामी क्यालेन्डर अनुसार मोहरम महिनाको १० तारिखमा घटेको थियो । सम्पुर्ण मानव जातिका मार्ग दर्शक अल्लाहका अन्तिम सन्देशक हुजुर सल्लल्लाहु अलैहि वसल्लमको प्रिय नाति इमामे हुसैन रदि अल्लाहु अन्हु लगायत वहाँका छोरा, भतिजा , भान्जा , परिवार इष्ट मित्र गरि ७२ जनाले मर्मस्पर्शी बलिदान दिएका थिए । सोहि यादमा मोहरम पर्व मनाइने गरिन्छ ।

अर्घाखाँचीका मुस्लिम समुदायहरुले कोरोना भाइरस महामारीका कारण यो समयमा मोहरम पर्व घरमै मिलाद र फातिहा गरि जुलुस नबनाइ मनाउने भएका छन् ।जिल्ला प्रशासन कार्यालय,अर्घाखाँचीले निषेधाज्ञा अवधिभर मठ , मन्दिर तथा विभिन्न धार्मिक स्थलहरुमा परम्परागत रुपमा गरिने नृत्य पुजा बाहेक अन्य सम्पुर्ण धार्मिक सांस्कृतिक गतिविधिहरु र गोष्ठी , तालिम , सभा सम्मेलन , सेमिनार , जात्रा महोत्सव र खेलकुद संचालन र भिडभाड हुनेजस्ता कार्यहरु गरेमा कानुन बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलबाट जारि आदेशमा उल्लेख छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad