कैलालीमा ट्रक दुर्घटना चालकको मृत्यु सह चालक घाइते

धनगढी । कैलालीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।धनगढीबाट डडेल्धुरातर्फ गइरहेको से १ ख ८५१ नम्बरको ट्रक बिहीबार साँझतिर गोदावरीमा दुर्घटना हुँदा चालक ३५ वर्षीय रामसिंह महराको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी बैतडीको सिगास गाउँपालिका–९ बचपानीका वासिन्दा हुन् ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका महराको उपचारका क्रममा बिहीबार राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।दुर्घटनामा परेर बैतडीकै सुर्नया गाउँपालिका–५ का पंकज मडै सामान्य घाइते भएका छन् । उनी ट्रकका सहचालक हुन्।स्रोत अन्लाईन खबर

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै