
चुरामणि तिमिल्सिना,नालीबेली सम्बाददाता गुल्मी नेकपा माओबादि केन्द्रको युवा भातृ संगठन योङ्ग कम्युनिस्ट लिग रुरु क्षेत्रगाउँ पालिका गुल्मीले रचनात्मक कार्यलाई जोड दिदै अगाडी वढेको जिल्ला संयोजक अशोक श्रेष्ठले बताउनुभएको छ । संगठनका युवाहरूको सक्रियता टोल छर छिमेकमा पुस्ताले आफ्नै बल र पौरखले चिनेका चौपारीहरु भत्किदै गएको ,संरक्षण नभएको बेला संरक्षण गर्न सकेमा गाउँका पाका पुराना बुवा आमाहरुको गन्थन मन्थन गर्ने चोक पनि बन्ने गाउँ कमिटी जिल्ला पार्टी सचिवालय सदस्य तथा इन्चार्ज यदु ज्ञवालीले बताउनुभयो।
कमिटीले गाउँका युवाहरू लाई सामाजिक सद्भाव, संस्कृति संरक्षण , असहाय ,बिपन्न बर्गहरुलाइ सहयोग दिन आग्रह गरेको कार्यक्रममा सहभागीता जनाउनु भएका अखिल क्रान्तिकारी जिल्ला उपाध्यक्ष बालेन श्रेष्ठले जानकारी दिनुभयो ।रुरु क्षेत्र गाउँपालिका वडा न ५ का एक स्थानमा मात्र नभइ विभिन्न क्षेत्रमा कार्यक्रमहरु अगाडी सारिएको र छोटो समयमा नै समाजमा आफ्नो सेवा सद्भाव झल्किने नेकपा माओबादि केन्द्र रुरु गाउँ पालिका अध्यक्ष नारायण प्रसाद पौडेलले बताउनुभयो।
संगठनले पहिरो प्रभावित तथा पुननिर्माण कार्यक्रममा जुटिरहेको राहत वितरण कार्य गरिरहेको युवा कृषकहरु लाइ सम्मान, सडक मर्मत गर्ने जस्ता कार्यक्रमहरु गर्दै आएको कमिटिले जानकारी दिएको छ ।