गुल्मीमा ल्यापटप र टिभि चोरी

गुल्मी /गुल्मीमा गएराती घरमा मान्छे नभएको मौका पारी ल्यापटप र टिभि चोरी भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नं ४ बर्बोट निवासी लक्ष्मी खनालको घरबाट ल्यापटप र एल इ डि टेलिभिजन चोरी भएको प्रहरी चौकी धुर्कोट बस्तु प्रहरी सहायक निरीक्षक लोक तामाङले जानाकारी दिए ।

लकडाउनमा बिद्यालयको पठनपाठन बन्द भएको समयमा आफु बुटवल गएको र त्यसबेला घरमा कुनै मान्छे नभएको मौका पारी सामान चोरी गरेको लक्ष्मी खनालले जानाकारी दिइन् । खनालको घर धुर्कोट गाउँपालिकाको केन्द्र नजिकै एकान्तमा रहेको छ । घटनाको बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार