
गणेश कुमार शर्मा नालीबेली सम्बाददाता सिरहा ।
सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा मेट्रोमिन्ट पानीको बोतल भित्र फलामको नट भेटिएको छ ।धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नं। ८ स्थित नन्दनी फुड उधोगद्वारा उत्पादित मेट्रोमिन्ट कम्पनिको सिल गरेको पानीको बोतल भित्र फलामको नट भेटिएपछी पानीको शुद्धतामाथी प्रश्न उठेको छ ।
मिर्चैयामा किराण पसलमा एक ग्राहकलाई पानीको बोत्तल दिंदा सिल गरेको पानीको बोत्तल भित्रै फलामको नट भेटिएको पाईएको हो ।
मानव शरीरमा लगभग ७२ प्रतिशत भाग पानीले ओगटेको हुन्छ । मानव शरीरले दैनिक कार्यहरू सहजरूपमा गर्नका लागि दैनिक १ लिटर देखि ७ लिटर सम्म पानीको आवश्यकता पर्छ । यस्तो अवस्थामा पनजिस्तो संवेदनशील पदार्थमा जलस्रोतको आधारमा विश्वकै दास्रो नेपालजस्तो मुलुकमा बेच्नकालागि तयार पारीएको पनि भित्रै फलामको नट भेट्टिनु कत्तिको जायज हो ।

किराण पसलमा पानि लिन अएका ग्राहकले पानी उत्पादन गर्ने कम्पनीको लापरवाहीले गर्दा उपभोक्ता स्वास्थ्यमा प्रतिकुल असर गर्ने र कम्पनीको चरम लापरवाहीका कारण आम जनताको स्वास्थ्यमा खेलवाड समेत गरेको आक्रोश व्यक्त गरे । उपभोक्ताको स्वास्थमाथि खेलवाड गर्ने कम्पनिहरुलाई सम्बन्धित निकायले समयमै कारवाही गर्नु पर्छ ।”
सोहि बिषयमा बुझ्दा मेट्रोमिन्ट पानीका एक प्रतिनिधीले आफ्नो कम्पनीबाट पानी उत्पादनमा लापरवाही भएको स्वीकार गरेका छन । उनले भने,‘‘हामिले जानिजानि गरेका हैनौं यसबाट ग्राहकवर्गमा पर्नगएको अशुविधा प्रति क्षमा चाहन्छौं” साथै आगामी दिनमा यस्तो लापरवाही नहुने बताएका छन् ।
